Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

नेसन्स लिग : बेल्जियम र नेदरल्यान्ड्सको जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमले पोल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

बेल्जियमलाई जित दिलाउन मिची बात्सुआईले निर्णायक गोल गरे । उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै लिग ए समूह ४ को बेल्जियमले ४ खेलमा ७ अंक जोडेको छ ।बेल्जियम तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३-२ गोल अन्तरले हराएको छ ।

नेदरल्यान्ड्स १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । वेल्स १ अंक जोडेर पुछारमा रहेको छ ।