Mon Jul 4 2022
अन्तर्राष्ट्रिय

हंगेरीसँग इंग्ल्यान्डको फराकिलो हार

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हंगेरीले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।

खेलको १६ औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा रोलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै हंगेरीलाई २-० को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा नागीले गोल गर्दै हंगेरीलाई ३-० को अग्रता दिलाए । ८२ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा डानिल गाज्दागले गोल गर्दै हंगेरीलाई ४-० को जित दिलाए ।

यस जितसँगै हंगेरी लिग ए समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ । हंगेरीले ४ खेलमा ७ अंक जोडेको छ ।

इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

Image