जोडिनुहोस
  • होमपेज
  • गगनको प्रस्तावः ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं’

गगनको प्रस्तावः ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए ।

‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो रु मूल विषय पनि छायामा पर्ने भयो’, थापाले सभामुखलाई आग्रह गर्दै भने, ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’

उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका