Wed Jun 29 2022
मुख्य खबर

आगलागी पीडितको सहयोगार्थ आनीको कन्सर्ट

काठमाडौं–गायिका आनी छोइङ डोल्माले आगलागी पीडितको सहयोगार्थ कन्सर्ट गर्ने भएकी छन् । आनीले ६ वर्षपछि सोलो कन्सर्ट गर्न लागेकी हुन् । चर्चित गीत ‘फूलको आँखा’की गायिका आनीले ६ वर्षपछि कन्सर्ट गर्न लागेकी हुन् ।

‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही जुन २५ मा जावलाखेलमा रहेको सेन्ट मेरिजमा हुनेछ । कन्स्र्टमा मनोज सिंह, सञ्जय श्रेष्ठ (१९७४ ईस्वी), गोपाल रसाइली, प्रज्जवल लामा र एल बोनी चक्रवर्तीलगायतको पनि प्रस्तुती हुनेछ ।

आनीले आशा र दयाले मानवलाई भित्री आत्मासँग जोडाउनका लागि कन्सर्ट गर्न लागिएको बताइन् । ‘कन्सर्टबाट प्राप्त आम्दानी आनी फाउण्डेसनमार्फत आगलागी पीडितलाई सहयोग गरिनेछ’, उनले भनिन् ।