एजेन्सी – भारतको मध्यप्रदेशको छिंदवाडा जिल्लामा ढोकला (भारतीय खानाको परिकार) अड्केर एक बेहुलीको मृत्यु भएको छ । त्यसपछि बेहुलीको डोलीको सट्टा लाश उठ्यो ।
छिंदवाडाको पश्चिम बुधवारी बाजारका प्रमोद महादेवराव कालेकी छोरी मेघा कालेको २० मेमा विवाह तय भएको थियो । विवाहको अघिल्लो दिन १९ मेमा मेघाले बिहानको खाजामा ढोकला खाइरहेकि थिइन् । यस क्रममा उनको गलामा ढोकला अड्कियो ।
ढोकला अड्एिपछि मेघाले पानी पिइन् । उनलाई लामो समयसम्म खोकि लागिरह्यो । यस्तोमा पानी पिउँदा उनको हालत झनै बिग्रियो । त्यसपछि उनलाई उपचारकालागी अस्पताल लगियो । तर उपचारको क्रममा उनको मृत्यु भयो । विवाहको अघिल्लो दिन मेघाको मृत्यु भएपछि उनको परिवारसहित गाउँ नै शोकमा डुबेको छ ।
सांकेतिक तस्विर