Tue Jun 28 2022
मुख्य खबर

धादिङमा बाढी–पहिरोबाट ७५ घरपरिवार विस्थापित

तीन दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी–पहिरोबाट त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका विभिन्न स्थानका गरि ७५ घरपरिवार विस्थापित भएका छन् ।

यता, गंगाजमुना–६, बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरू गए रातिदेखि घर छाडेर अन्यत्र गएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना–६, बुढाथुममा १४, गंगाजमुना–५, फूलखर्कमा १४ घर, वडा नम्बर–२, रिमा १३ घरपरिवार विस्थापित भएको जनाइएको छ । विस्थापितका लागि हालसम्म त्रिपाल तथा टेन्ट समेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् ।

कच्ची सडक खन्दा ध्यान नदिएका कारण पहिरो आउँदा क्षति पुगेको जनाइएको छ ।