Sun Jun 26 2022
मुख्य खबर

कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

कैलाली – कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।