Sun Jun 26 2022
मुख्य खबर

स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्।

राजधानीमा बिहीबार सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिँदै अध्यक्ष ओलीले विकासका कामहरुमा भिजन र योजनासहित प्रस्तुत हुन जनप्रतिनिधिलाई आग्रह समेत गरेकाछन् । ओलीले भने-‘महासंग्राम पार गरेर आउनुभएको छ । सफलताको लागि बधाई छ । यहाँहरुको कार्यकाल सफल रहोस् । कार्यकाल पूरा गर्दा तपाईहरुको नाम हाई हाई होस् । तपाईहरुले आलोचना सुन्न नपरोस् ।’

ओलीले पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षमा सक्षम बन्नेगरी काम गर्न निर्देशन समेत दिएका छन् ।  कार्यक्रममा उनले गठबन्धन पार्टीले पैसाको व्यापक दुरुपयोग गर्दा पनि एमालेले चुनाव जितेको बताए। लोकतान्त्रिक अभ्यासको क्रममा चरम तानाशाही देखिएको ओलीको भनाइ छ।