Sun Jun 26 2022
मुख्य खबर

शुक्रवार पनि शेयर कारोबार हुने

अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले आज बिहीवार विज्ञप्ति निकालेर शुक्रवार समेत दुई घण्टा शेयर कारोबार हुने जनाएको हो ।

यसअघि शुक्रवार कारोबार बन्द हुँदै आएको थियो अब भने हरेक शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार हुने नेप्सेले जनाएको छ ।

सरकारले जेठमा परीक्षणको लागि शनिवार र आइतवार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रवार खुल्न थालेको थियो । तर असारदेखि दुई दिन बिदा खारेज भएसँगै शेयर बजार पनि शुक्रवार बन्द हुने आशङ्का गरिएकोमा नेप्सेको सञ्चालक समितिको बैठकले शुक्रवार दुई घण्टा बजार खोल्ने निर्णय गरेको हो ।