Sun Jun 26 2022
मुख्य खबर

एमालेद्धारा प्रतिनिधि सभाको बैठक बहिस्कार

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहिस्कार गरेको हो ।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि लक्षित गर्दै ‘गद्दारी गरेको’ भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाएका छन् ।

उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए ।

यस्तै, एमालेले अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन आग्रह गरेको थियो। तर, सभामुखले अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई जिज्ञासाको जवाफ दिन समय दिएका थिए। यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरिएको थियो ।