Wed Jun 29 2022
मुख्य खबर

कुनै राष्ट्रघात र गद्दारी भएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कुनै राष्ट्रघात र गद्दारी नगरेको जनाएकाछन् । शर्माले राजीनामा दिनुपर्ने भन्दै चौतर्फि आलोचना भइरहेको बेला उनले आफ्नो बचाउ गर्दै करको दर परिर्वतनमा अनधिकृत व्यक्ति प्रवेशका बारेमा संसद्मा बचाउ गरेका छन्।

उनले करको दर परिर्वतनमा आवश्यक प्रक्रिया भएको र त्यही अनुसारमात्र भएको उल्लेख गरेकाछन् । उनले यसमा कुनै राष्ट्रघात भएको खण्डमा आफु पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए ।

शर्माले संसद्मा उठेका प्रश्नको जवाफ दिँदै स्यानेटरी प्याडमा पनि रातो कर माफ गर भन्ने जुलुस लागेपछि आफूले यसमा भन्सार छुट दिएको  बताए।

केही दिनअघि शर्माले बजेट निर्माणको क्रममा जेठ १४ गते मध्यरातमा एक पूर्व कर्मचारीलाई प्रवेश गराएर करको दर परिर्वतन गराएको सार्वजनिक भएको थियो।

उक्त दिनको घटनापछि शर्माले राजीनामा दिनुपर्ने भन्दै आलोचना भइरहेको छ।