Sun Jun 26 2022
मुख्य खबर

निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको आवश्यक्ता : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताउनुभएको छ ।

आज नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताउनु भएको हो ।

उहाँले निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९ बाट थला परेको व्यापार व्यवसायमा थप गति र उर्जा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नका लागि छुट्टै स्थानको व्यवस्था गर्न माग गर्नुभयो ।

मेलामा नयाँ नयाँ स्वदेशी तथा विदेशी उत्पादनहरु प्रदर्शनीको लागि राखिएका छन ।