Sun Jun 26 2022
मुख्य खबर

५१ किलो हेरोइनसहित काठमाडौँबाट सात अफ्रिकी नागरिक पक्राउ

काठमाडौँ – प्रहरीले ५१ किलो लागुऔषध हेरोइनसहित सात जना अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो अहिलेसम्मकै धेरै हेरोइन हो । ब्युरोले पछिल्ला चार दिनमा उक्त परिमाणको हेरोइन बरामद गरेको जनाएको छ ।

विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको हेरोइन नेपाल हुँदै भारत र तेस्रो मुलुकसम्म पुग्ने देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।