Sun Jun 26 2022
मुख्य खबर

नदीमा खस्दा किशोरीको मृत्यु

बैतडी – बैतडीको सिगासस्थित सेती नदीमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए । एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जीवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए । गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साँघुबाट तर्ने गरिएको छ ।