Sun Jun 26 2022
मुख्य खबर

नेपाल र बेलायतबीच दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने मन्त्रीपरिषद्को निर्णय

सरकारले नेपाल र बेलायत सरकारको बीचमा भएको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

गत जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचमा भएको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताउनु भएको हो ।

सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियनको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।

प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताउनुभयो ।

मन्त्री कार्कीले सकरारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रवक्ता कार्कीले २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने, निजी आवास पुुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने र सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि बताउनु भयो ।