जोडिनुहोस
  • होमपेज
  • कोशीमा गाँजा ओसारपसार बढ्यो, माघयता २ हजार किलो बरामद

कोशीमा गाँजा ओसारपसार बढ्यो, माघयता २ हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ । गएको एक महिनाको अवधिमा मात्र प्रहरीले झन्डै दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा उत्पादन गरी भारत पुर्‍याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गएको माघ महिनायता प्रदेशमा एक हजार नौ सय १९ किलो गाँजा बरामद भएको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो ।

प्रहरीले गाँजालगायत लागुऔषधसहित चालु आर्थिक वर्षको माघसम्ममा सात सय ५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार एक सय ५१ जनालाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका