Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

भुटानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपखेल अन्तर्गत भुटानविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । भुटानले सुरुआतमा बलिङ गरिरहेको छ ।

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्दी समेत हो ।

यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ ।यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।