Tue Jun 28 2022
अन्तर्राष्ट्रिय

फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको घोषणा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।

फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो ।

सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ ।

विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।