काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा पक्ष हुनका लागि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले पत्र लेखेको दाबी गरेका छन् । जनप्रनिधिहरूसँगको प्रशिक्षण कार्यक्रममा उनले आफूले निणर्य गरेको भनेर हल्ला चलाइरहेको बताए ।
अध्यक्ष ओलीले एसपीपीमा आवद्ध हुन अमेरिकालाई पत्र लेख्दा आफूलाई केहि जानकारी नगराइएको समेत बताए । ‘२०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि आफू सरकारबाट हट्ने तय भइसकेपछि नेकपा एमालेसँग भएको सहमति अनुसार आफूले सरकार सुम्पनुपर्ने निश्चित थियो नै ।
त्यो प्रतिबद्धता अघि नै आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँले रक्षामन्त्रीको हैसियतले निणर्य गर्नु भएको भएछ । एसपीपीमा पक्ष हुन पाइयोस् भनेर अमेरिकालाई आग्रह गर्ने निणर्य गर्नु भएको रहेछ ।’
उनले थपे, ‘हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते ९कात्तिक० मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’
उनले अघि भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’