Tue Jun 28 2022
मुख्य खबर

ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु

काठमाडौँ– रौतहटमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।

ग्यास विष्फोटमा परी रौतहटको गढीमाई नगरपालिका-१ समनपुर बस्ने बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।