Sun Jun 26 2022
मनोरञ्जन

भदौ १७ मा झिँगेदाउ

काठमाडौं–ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ’ ले २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म अब भदौ १७ गतेबाट नेपालभरका फिल्म हलमा रिलिज हुनेछ । निर्माता देउजाले फिल्मको रिलिज दुई हप्ता अगाडि प्रि–पोण्ड भएको बताए ।

कोरोना महामारी अगाडि नै अधिकांश छायांकन सकिएको फिल्मको केहीदिन अगाडि मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको कामसमेत अन्तिम चरणमा रहेको फिल्मको केही दिनमा गीत रिलिज गर्दै प्रचारप्रसारको काम आरम्भ गरिनेछ ।

फिल्ममा केकी अधिकारी मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भुमिका निवार्ह गरेका छन् । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

कपनगडी फिल्म र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्मका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।