Wed Jun 29 2022
मुख्य खबर

सर्लाहीमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा अवैध नदी दोहन

शंखर पहाडी, सर्लाही-  सर्लाहीको नदीहरुमा जनप्रतिनिधिकै मिलोमत्तोमा अवैध दोहन भएका छन् । जिल्लाको बागमती नगरपालिका स्थित बागमती नदी,हरिवन नगरपालिका स्थित चापिनी र लखनदेही नदी,लालबन्दी नगरपालिका स्थित कालीन्जोर र फुलजोर तथा इश्वरपुर नगरपालिका स्थित बाँके खोलामा अहिले जनप्रतिनिधिहरु र कर्माचारीहरुको मिलेमतोमा अवैध नदी दोहन भइरहेको हो ।

खुलेयाम नदीको दोहन भईरहँदा समेत सरोकारवाला निकाय मौन देखिएका बसेका छन् । वातावरणीय मुल्यांकन प्रतिवेदन तयार समेत नगरी नदी जन्य पर्दाथ उत्खन्नको ठेक्का लगाउँदा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो रहेको छ । डिभिजन वन कार्यलय सर्लाहीले पनि नदीजन्य सामाग्रीको विषयमा अनुगमनमा कठिनाइ रहेको बताएको छ ।

ठेकेदारहरुले मापदण्ड अनुसार उत्खनन् नगरेको पाइए कानुनी कारबाही गर्ने जिल्लाका स्थानीय निकायका प्रमुखहरुले बताएको भएपनि जनप्रतिनिधिहरुकै दवावमा नियमन गर्न नसकिएको डिभिजन वन प्रमुखले स्वीकार गरेका छन् । त्यस्तै, स्थानिय सरकारले मापदण्ड र नियमानुसार ठेक्का लगाएको भएपनि खोलामा जाने जनशक्ति नहुँदा खोलाको अनुगमन गर्न नसकिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले बताए ।

यता, नदी दोहनमा जनप्रतिनिधि तथा स्थानीय कर्मचारीको समेत मिलोमत्तो रहेको भन्ने सुचना सुचनाहरु आएका अनुगमन गर्नेको तयारीमा रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

जिल्लाका नदीहरुमा ५ फिट गहिरो बनाएर नदी जन्य पदार्थ निकाल्न स्थानीय निकायहरुले ठेक्का लगाएको भएपनि ठेकेदारहरु र स्थानीय जनप्रतिनिधिहरुको मिलेमतोमा करिब १६ फिट सम्म गहिरो पारेर नदीजन्य पदार्थ निकाल्ने काम भई रहेको छ ।

जिल्लाका नदी दोहनबाट कमिशन सरोकारवाला निकाय सबैलाई पुग्ने गरेका कारण पनि नदी दोहनको अनुगमन नभएको स्थानीयहरुको आरोप छ ।

ठेकेदार कम्पनीले उत्खनन् गरेपछि निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय बासिन्दाबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुले उनीहरूको समेत मिलेमतो देखिने स्थानीयको आरोप छ ।