Wed Jun 29 2022
मुख्य खबर

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ

दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ वर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ वर्षीया कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।