Mon Jun 27 2022
आर्थिक

साताको सेयर बजार– ७६ अंक घटेर १९ सयको बिन्दुमा खुम्चियो

यो साता सेयर बजार निकै नै तल झरेको छ ।
नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो ।

सो मध्ये चार कार्य दिन नेप्से लगातार घटेको थियो भने चौंथो दिन नेप्से सामान्य अंकले बढेको थियो । जसले गर्दा यो साता नेप्से दुई हजार अंकबाट पनि तल अर्थात १९ सय ७१ दशमलव ३८ अंकमा खुम्चिन पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि लगातार घटे कै कारण तीन सय ८१ दशमलव १४ अंकमा खुम्चिएको छ । नेप्से घटेसंगै यो साता सेयर कारोबार रकममा पनि गिरावट आएको छ ।

सातामा दुई सय ३२ वटा कम्पनीहरुको एक लाख २३ हजार नौं सय २९ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैंयाँमा सिमित भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले कम हो ।

गत साता छ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख ३४ हजार नौं सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिद बिक्री भएकै आधारमा गत साता उक्त परिमाणमा रकम कारोबार भएको थियो ।