सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दावी गर्नु भएको छ ।
महामन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताउनु भएको हो ।
उहाँले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याउनुभयो ।
महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताउनुभयो ।
महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो । सोही कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँका जनताले आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अव झनै गतिशील भएर काम गर्ने बताउनु भयो ।
उहाँले ललितपुर जिल्ला शैक्षिक हवको रुपमा रहेको उल्लेख गर्दै यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताउनुभयो ।