Sat Jun 25 2022
मुख्य खबर

एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भयो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताउनु भएको छ ।

आज काभ्रेको बनेपामा ओयोजित एक कार्यक्रममा बोल्नै नेता सिंहले अहिले एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भैरहेको बताउनुभयो ।

विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उहाँले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास भएको बताउनुभयो । काँग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने समेत सिंहले बताउनुभयो ।

प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनिरहँदा समेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाई थियो ।

काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उहाँले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने सिंहले बताउनुभयो ।