Sun Jun 26 2022
मुख्य खबर

अव्यवस्थित डिजिटल होडिङ बोर्डले दुर्घटना बढ्दै

 अविशेक सुनार-  अव्यवस्थित रुपमा राखिएको होडिङ बोर्ड र पोस्टरले काठमाडौ महानगर कुरुप बन्दै गएको छ । विज्ञापनको सशक्त माध्यम भएकाले व्यवसायीहरु भने आफ्नो व्यवसायको प्रचार प्रसारको लागि होडिङ बोर्ड, पोस्टर, पम्प्लेट, वालपेन्टिङ तथा ब्यानर टाँस्न सक्रिय देखिन्छन् ।

यस्ता क्रियाकलापले काठमाडौ महानगरपालिका सहित काठमाडौ उपत्यका फोहोरी देखिएको सर्वसाधारणको गुनासो छ । तर अझैसम्म पनि त्यस्ता क्रियाकलाप हटाउन कुनै पनि निकायले अनुगमनका लागि चाँसो नदिएको उनीहरुको भनाई छ ।

व्यवसायीहरुले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि विज्ञापनका रुपमा निर्धक्क भएर व्यक्तिको नीजि घर तथा सार्वजनिक स्थल लगायतका ठाउँमा जथाभावी रुपमा होडिङ बोर्ड तथा पोस्टर, पम्लेट टाँस्न सक्रिय भएको पाइएको छ ।  यस्ता क्रियाकलापले काठमाडौ महानगरको सुन्दरता नै हराएर जाने सर्वसाधारणको भनाइ छ ।

तर यसरी सडकका चोक–चोकमा अव्यवस्थित रुपमा राखिएको डिजिटल होर्डिङ बोर्डले रातिको समयमा दुर्घटनाको समस्या निम्तिएको सवारी चालकहरुले बताएका छन् ।

डिजिटल होर्डिङ बोर्डमा आउने विज्ञापनले छोटो समयमा नै उज्यालो–अध्यारो बनाउँदा चालकको ध्यान केन्दि«त हुन नसक्दा दुर्घटना निम्त्याएको उनीहरुको भनाइ छ ।

व्यवसायको विज्ञापन गर्दा व्यवसायीहरु आफु मर्यादित नहुँदा शहरी क्षेत्रमा यस्ता थुप्रै समस्याहरु आउने गरेको जानकारहरुको भनाई छ ।

नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, घरका झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने तथा सम्पदा भएका स्थानमा विज्ञापन राख्न नपाइने कानुनी व्यवस्था छ ।