Mon Jul 4 2022
मुख्य खबर

धनगढीमा नालामाथी भएको अतिक्रमण हटाउन सुरु

 दिनेश बिष्ट, कैलाली-  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र मुख्य शहरका रुपमा रहेको धनगढी उप महानगर खोलानाला अतिक्रमणका कारण बर्षेनी ढुवान पर्ने गरेको छ ।

बर्षा शुरु भएसंगै यहाँका बस्ती र बजार जलमग्न हुन्छन् । बिगतबाट जनप्रतिनिधीहरुलाई अतिक्रमण हटाउन माग गर्दै आएका यहाँका नागरिकको त्यो माग सम्बोधन भएको थिएन ।

अहिले अतिक्रमण हटाउने अभियान शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गर्दै मेयर गोपाल हमालले खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन आग्रह गरे ।

धनगढी डुबानको मुख्य समस्या खोलानाला, कुलो र नहर अतिक्रमण भएकोले बर्सातको पानी बग्ने गरि खोलानाला अतिक्रमण हटाउन उपमहानगर लागेको जनप्रतिनिधीले बताएका छन् । यो बर्ष बजार क्षेत्रमा भएका खोलानाला अतिक्रमण हटाउदै अर्को बर्ष १९ वटै वडामा अतिक्रमण हटाइने जनप्रतिनिधीको दावी छ ।

नयाँ जनप्रतिनिधीको अतिक्रमण हटाउने यो काममा धनगढीबासीले साथ दिएका छन् । बिगतबाट ढुवानको चपेटामा पर्ने धनगढी अतिक्रमित खोलानाला खाली भए ढुवान समस्या समाधान हुने अपेक्षा स्थानियको छ ।

यसपाली नव निर्वाचित जनप्रतिनिधीले अथिक्रमण हटाउन चासो दिएका छन् । अतिक्रमण हटाएरै डुवान समस्या समाधान गर्ने बताएका छन् । खोलानालामाथि भएको अतिक्रमणले धनगढी उपमहानगर क्षणभरको वर्षामै डुबान हुने गरेको छ । धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ ।