जोडिनुहोस
  • होमपेज
  • निर्वाचनका बेला जनतामाझ वाचा गरेका छौं, गठबन्धन तलमाथि हुँदैनः उपप्रधानमन्त्री खड्का

निर्वाचनका बेला जनतामाझ वाचा गरेका छौं, गठबन्धन तलमाथि हुँदैनः उपप्रधानमन्त्री खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि जाने बताएका छन् । आज (शुक्रबार) कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८० को उद्घाटन सभालाई सम्बोधन गर्दै उनले आफूहरुले निर्वाचनको बेला मत माग्दा नै पाँच वर्ष सरकारको नेतृत्व गरेर सुशासन र जनतालाई डेलिभरी दिने प्रतिवद्धता ब्यक्त गरेकाले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि बढ्ने बताएका हुन् ।

निर्वाचनका बेला कर्णालीलाई पछि पारियो भन्ने भाष्य बदलेर केन्द्रमा पुर्याउँछौं भनेर गरेको वचनवद्धता नबिर्सिएको पनि उनले बताए । उनले अहिले जनतामा छाएको निराशालाई आशा, भरोसा र विश्वासमा बद्ने गरी सरकार अगाडि बढ्ने बताए । केही समयभित्रै जनतामा आशा, भरोसा र विश्वासको वातावरण निर्माण हुने परिस्थिति सरकारले बनाउने उनले बताए ।

‘अहिलेको अवस्थामा यदाकदा नेपाली दाजुभाइ दिदीबहिनीमा देखिएको निराशा, अलिकति यताउता हुने हो कि भन्ने कुरा छ । हामी आफूलाई सच्याउँछौं, सुधाछौं । कमजोरीहरु जहाँ–जहाँ भएका छन्, हामी त्यसलाई दोहोर्याउँदैनौं । हाम्रा गल्ति छन् भने हामी त्यो दोहोर्याउँदैनौं भन्ने संकल्प गर्छौं । आम मतदातालाई विश्वास दिलाउँछौं । मुलुकलाई अहिलेको अप्ठ्यारोबाट माथि उठाएर उन्नति र प्रगतिको विशेष कार्ययोजनामार्फत तीब्र गतिमा हामी अगाडि लिएर जान्छौं,’– उनले भने ।

साथै, चलचित्र क्षेत्रको नीतिगत सुधारमा सरकारले काम गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?