जोडिनुहोस
  • होमपेज
  • युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली सकुशलः परराष्ट्र मन्त्रालय

युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली सकुशलः परराष्ट्र मन्त्रालय

काठमाडौँ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

‘सबै नेपालीहरूलाई एकै स्थानमा राखेर बयान बुधबार बयान दिइएको थियो । नेपालीहरू पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका छन् । बयानका क्रममा एक जना नेपालीले दोभाषेको भूमिका निर्वाह गरेका थिए,’ युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उक्त कुराको जानकारी दिएको छ । युक्रेनले उनीहरूलाई कहिले छाड्छ भन्ने बारेमा पनि जानकारी गराएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका