Mon Jul 4 2022
मुख्य खबर

धादिङमा किसानले ट्रकबाट रासायनिक मल खोसे

धादिङमा किसानले ट्रकबाट रासायनिक मल खोसेका छन् । रासायनिक मलको चरम अभाव भइरहेका बेला धादिङको धुनिबेसी नगरपालिका–६ धार्के बजारमा किसानहरुले दुई ट्रक मल खोसेका हुन् ।

शनिबार भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेको जनाइएको छ ।

धान रोप्ने समयमा पनि मल नपाएको भन्दै आक्रोशित भइरहेका बेला किसानहरुले मल कब्जा गरेका हुन् ।

मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठी प्रहार पनि गरेको थियो ।
उनीहरुले करिब ५ सय किसानले मलको बोरा बोकेर घर लगेको जनाइएको छ ।