Sun Jun 26 2022
देश

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

  • शान्ता कमली

लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।

शनिबार साँझदेखी लगातारको वर्षाका कारण उक्त सडकखण्ड शनिबार रातिदेखि नै अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गतबर्ष पनि उक्त ठाउमा पहिरो गएको थियो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

नयाँ ट्रयाक खोलेर बैकल्पिक बाटो खोजि गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताए । उनले भने सडकको १ सय मिटर माथी बाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।