जोडिनुहोस
  • होमपेज
  • यी २६ वायु सेवा कम्पनीले तिरेन्न भ्याट

यी २६ वायु सेवा कम्पनीले तिरेन्न भ्याट

नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४९ वायुसेवा कम्पनीमध्ये २६ ले सरकारलाई मूल्य अभिवृद्धि कर ९भ्याट० तिरेका छैनन् । सरकारले चालू आर्थिक वर्षदेखि उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । सोहीअनुसार वायुसेवा कम्पनीहरूले यात्रुबाट टिकटमै कर जोडेर रकम उठाए पनि सरकारलाई बुझाएका छैनन् ।

सरकारले चालू आर्थिक वर्षमा आर्थिक ऐनमै व्यवस्था गरेर उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने उल्लेख गरेको थियो । विभागका अनुसार हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकाले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्छ । तर, हवाई भाडादरमा समेत समायोजन गरिसकेका ५४ प्रतिशतभन्दा बढी वायुसेवा कम्पनीले भ्याट नतिरेको विभागबाट प्राप्त तथ्यांकमा देखिन्छ । जसमा आन्तरिक उडानतर्फका ६ र अन्तर्राष्ट्रिय उडानतर्फका २० कम्पनी छन् ।

आन्तरिक उडानतर्फ सन् २०२३ मा सात हजारसम्म यात्रु आवतजावत गराएको एयर डाइनास्टी हेली सर्भिसेजले भ्याट तिरेको छैन । त्यस्तै, सोही वर्ष आन्तरिकतर्फ चार हजार पाँच सय ७२ यात्रु ओसारपसार गरेको सिम्रिक एयरले पनि भ्याट तिरेको छैन । त्यसो त अन्तर्राष्ट्रिय उडान पनि भर्ने यो एयरलाइन्सले सन् २०२३ मा ६ यात्रु बोकेर विदेश गएको थियो । त्यस्तै, श्री हेलिकोप्टर, फिस्टेल एयर, मनाङ एयर र मुस्ताङ हेलिकोप्टरले पनि अहिलेसम्म भ्याट नतिरेको विभागको तथ्यांकमा उल्लेख छ ।

भ्याट नतिर्ने अन्तर्राष्ट्रिय उडानतर्फका वायुसेवा कम्पनीहरूमा एयर अरेबिया, एयर अरेबिया अबुधाबी, एयर इन्डिया, श्रीलंकन एयरलाइन्स, विमान बंगलादेश, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न, क्याथवे प्यासिफिक एयरवेज, सिचुवान एयरलाइन्स, चाइना साउदर्न, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयर, कोरियन एयर, मालिन्दो एयर, तिब्बत एयरलाइन्स, थाई स्माइल एयरवेज, थाई लायन एयर र भिस्टारा एयर छन् । यी २० अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०२३ मा १० लाख २८ हजार ६५८ यात्रु नेपालबाट उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका