Wed Jun 29 2022
देश

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ साइन्समा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब १० बजे भारतीय नम्बरप्लेटको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।