Wed Jun 29 2022
मुख्य खबर

दोस्रो विश्व युद्धपछि हालसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्र संघ बाल कोष युनिसेफले अहिले विस्थापित बालबालिकाहरूको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो संख्या गएको वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र संघीय अधिकारीहरूले जनाएका छन् ।

विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको अध्ययनले देखाएको छ । अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ ।

विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । यस्तै रुस—युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको युनिसेफले जनाएको छ ।