Mon Jun 27 2022
Breaking News

बैठकमा अनुपस्थित भएको भन्दै संसदीय समितिले देउवालाई सोध्यो स्पष्टीकरण

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा अनुपस्थित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) तथा आसन्न अमेरिका भ्रमणकोे विषयमा छलफल गर्न समितिले आइतवार देउवालाई बोलाएको थियो ।

कार्यव्यस्तताको कारण देखाउँदै देउवा आइतवार बैठकमा उपस्थित भएका थिएनन् । बैठकमा प्रधानमन्त्रीले संसदीय समितिलाई अवमूल्यन गरेको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

कांग्रेस सांसदहरूको आपत्तिका बाबजुद समिति सभापति पवित्रा निरौला खरेलले देउवासँग स्पष्टीकरण सोध्ने निर्णय सुनाएकी थिइन् ।

त्यसअघि समिति बैठकमा स्पष्टीकरण सोध्ने नसोध्ने विषयमा लामो बहस भएको थियो । नेपाली कांग्रेसका सांसदहरूले अमेरिका भ्रमणको मिति नै घोषणा भइनसकेको सन्दर्भमा देउवालाई स्पष्टीकरण सोध्नु गलत भएको बताएका थिए ।

सांसद पुष्पा भुसालले आगामी बैठकमा उपस्थित हुन आग्रह गर्ने निर्णय गर्नुपर्ने बताइन् । ‘प्रधानमन्त्रीले कुनै कारणवश अन्तिममा आउन नपाउने भनेर भन्न नपाउने ?,’ गौतमले प्रश्न गरिन् ।