Sun Jun 26 2022
मुख्य खबर

सर्लाहीमा विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास

शंखर पहाडी, सर्लाही- सर्लाही र रौतहटको बीच भागबाट बग्ने बागमती नदीबाट हुने जोखिम न्युनिकरणका गर्न विपद् व्यवस्थापन पुर्वतयारी अभ्यास गरिएको छ ।

मनसुनजन्य विपद् अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै हुने भएकाले पुर्व तयारी गर्न भन्दै मधेश प्रदेशको विच भागमा पर्ने सर्लाही र रौतहटको सीमानाबाट बग्ने बागमती नदीमा विपद् व्यवस्थापन पुर्व तयारी अभ्यास गरिएको हो ।

नमुना अभ्यासले सुरक्षाकर्मीहरुको क्षमता विकास हुने र नागरिकलाई समेत प्राकृतिक प्रकोपको बेला आफुहरु सुरक्षित हुन सक्ने विश्वास्त पार्ने काम गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक थानेश्वर गौतमले बताए ।

मनसुनजन्य विपद् लगायतका समस्यामा परेका नागरिकहरुको खोज तलास तथा उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा कृतिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरले बताए ।

वर्षातको मौसम सुरु भइसकेकाले यसबाट उत्पन्न हुने विपत्तिको सामना गर्न पुर्वतयारी अवस्थामा रहन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिँदै विपत्तिमा परेकाको उद्धार तथा उनीहरुलाई राहत प्रदान गर्ने काममा प्रदेश सरकार प्रतिवद्ध रहेको प्रदेश सरकारका अधिकारीहरुले बताएका छन ।

त्यससँगै प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्न प्रदेश सरकार गम्भीर रहेको मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए ।

अन्य प्रदेशको तुलनामा बर्खायाममा मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुने गरेको छ । त्यस्ता समस्याबाट नागरिकलाई सुरक्षित राख्न सम्बन्धित सरोकारवाला निकायहरुको बेलैमा ध्यान जान जरुरी छ ।