जोडिनुहोस
  • होमपेज
  • कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेको छैन ; देव गुरुङ

कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेको छैन ; देव गुरुङ

नयाँ बनेको सत्ता गठबन्धनमा आफ्नो भागमा कति मन्त्रालय पर्छ भन्ने कुरा पार्टीमा नै थाहा नभएको बताएको छ । पार्टीमा महासचिव देव गुरुङले कति मन्त्रालय लिने भन्नेबारे माओवादीले हिसाब नै नगरेको बताए ।

उनले  भने, ‘सबै घटकहरूलाई मिलाएर लाने जिम्मेवारी छ । अहिले कति मन्त्रालय लिने हिसाब गरिएको छैन । अन्य दलहरू पनि समावेश भइरहनु भएको छ । यसले गर्दा अहिले माओवादीले यति ननै भन्दैन ।’

उनले अन्य घटक नेकपा एकीकृत समाजवादी र लोसपा पनि सरकारमा आउने सम्भावना भएको बताए ।

गुरुङ थप्छन्, ‘ भने पनि माओवादीले ४ मन्त्रालय भने आफ्नो भागमा राख्ने बुझिएको छ । अर्थ र कानुन मन्त्रालय आफूसँगै राख्ने भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका