Wed Jun 29 2022
मुख्य खबर

सरकारले एसपीपी प्रोग्राम लुकीछिपी अघि बढाएको सांसद खिमलाल देवकोटाको आरोप

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाउनु भएको छ ।
सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसै गरी अघि बढाएको उल्लेख गर्नु भयो । उहाँले सरकार र अदालतले भने पारदर्शीता अपनाउन नपर्ने हो र ? भन्ने प्रश्न समेत गर्नु भयो ।

राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नु भयो ।

उहाँले काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाईभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताउनु भयो ।

सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दावी गर्नु भयो ।