जोडिनुहोस
  • होमपेज
  • मनाङको ङिस्याङ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो

मनाङको ङिस्याङ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो

मनाङको ङिस्याङ गाउँपालिकामा–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङमा आवतजावत गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अस्ति भारी हिमपात भएपछि यो क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरो आएको र पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा आएका पर्यटकलाई समेत आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । मनाङमा दैनिकरूपमा ५० देखि ६० जना पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । हिउँ पर्ने समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । जिल्ला प्रशासन कार्यालयले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भन्दै यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका