Sat Jun 25 2022
मुख्य खबर

प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरू शून्य अवस्थामा जान लागे : अनिता देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले राष्ट्रिय सभाबाट सर्वसहमतीले प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शुन्य अवस्थामा जान लागेको भन्दै संसदको ध्यानाकर्षण गराउनु भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले राष्ट्रिय सभाबाट सर्वसहमतीले प्रतिनिधि सभामा पठाइएका उक्त विधेयकहरु शुन्यको अवस्थामा जाने भन्दै संसदको ध्यानाकर्षण गराउनु भएको हो ।

राष्ट्रियसभा सदस्य देवकोटाले प्रतिनिधि सभा अब निर्वाचनमा होमिने क्रममा रहेको भन्दै उक्त १२ विधेयक राष्ट्रिय सभामा पुनः नफर्किए अहिलेसम्मको मिहेनत र लगानी खेर जाने बताउनुभयो ।

उहाँले विधेयकहरुको कुरा संवेदनशील रहेको उल्लेख गर्दै छिटो भन्दा छिटो प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा ल्याउन आग्रह गर्नुभयो । यस्तै उहाँले नागरिकता विधेयकको विषय पेचिलो बन्दै गइरहेको भन्दै यसको समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।