Sat Jun 25 2022
मुख्य खबर

पाँच दलीय गठबन्धनले देशलाई चिथोर्ने काम गरे : भगवती न्यौपाने

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशलाई पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेको बताउनुभयो ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले अर्थमन्त्री जनार्ददन शर्माले व्यापारीका प्रतिनिधिहरुसँग बसेर बजेट बनाएको कुरामा जनता र प्रतिपक्षले छानबिन समिति बनाएर अध्ययन गर्न माग गरे पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

यसैबीच उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जनताले जान्न चाहेको तर प्रधानमन्त्री देउवा संसद छल्ने काममा लागि परेको आरोप लगाउनुभयो ।

राष्ट्रियसभा सदस्य न्यौपानेले संस्कार सिकाउने संस्कृति मन्त्रीले सुन्नै नसकिने कुराहरु बोलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील शब्द प्रयोग गरेको अडियो सार्वजनिक हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाउनुभयो ।