Sat Jun 25 2022
मुख्य खबर

बजार अनुगमणमा विभागको सक्रियता

 अविशेक सुनार- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आ.व. २०७८/७९ को जेठ मसान्तसम्मको अनुगमनबाट ५४ लाख ५५ हजार ८ सय ३८ रुपैया बराबरको अखाद्य वस्तु नष्ट गरिएको जनाएको छ ।

जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार अखाद्य वस्तु बिक्रि गर्ने १ हजार २ सय १४ व्यवसायीबाट १ करोड ५३ लाख १ हजार रुपैया जरिवाना गरिएको जनाएको छ ।

कसुरको मात्रा, उपभोक्तालाई पर्ने असर लगायतलाई निरीक्षण गरि ५ हजारदेखी ३ लाख सम्मको जरिवानाको व्यवस्था गरिएको विभागको भनाइ छ ।

विभागले अनुगमणलाई तिव्रता दिएको जनाइरहदा आम सर्वसाधारण भने त्यसलाई मान्न तयार छैनन । गुणस्तरहीन वस्तु उत्पादन गरेर नाफा लिन पल्केका व्यवसायीहरुले पसल अनुसार फरक मूल्य लिने, म्याद नाघेका वस्तु, तरकारीलगायतको बिक्रि वितरणले मारमा परेको उनिहरुको गुनासो छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दैनिक ४ टोली बनाएर र दैनिक २० जनालाई बजार अनुगमनका लागि खटाईएको बताएको छ । चाडपर्वको समयमा बढी जनशक्ति खटाईने हुनाले चाडपर्व लक्षित बजार अनुगमन जस्तो देखिएको भएपनि त्यसो नभएको विभागको भनाइ छ ।

विभागले नियमित अनुगमण गर्ने गरेको जनाएपनि उपभोक्ता ठगिन भने रोकिएको छैन । बजारमा उपभोग्य सामाग्रीको अभाव देखाएर वा अन्य वहानामा व्यवसायीहरुले विभिन्न समयमा ठगि गर्ने गरेको आम उपभोक्ताको गुनासो छ ।

तेस्रो मुलुकबाट आयात गरिने कतिपय बस्तुहरुको अभाव देखाएर वढि मूल्य लिने गरेको उपभोक्ताहरुले गुनसो गर्ने गरेको भएपनि विभाग भने नियमित अनुगमणले यस्तो समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ ।

चीनी लगाएतका कतिपय बस्तुमा यस्तै समस्या रहेको भन्दै विभागले चीनीको अभाव नरहेको तथा मूल्य समेत बढेको जानकारी दिएको छ ।