Sun Jun 26 2022
मुख्य खबर

अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारगारमा बस्न लायक रहेको टिप्पणी गर्नु भएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारगारमा बस्न लायक हुने उहाँको भनाई थियो ।

सांसद श्रेष्ठले बजेटमा करको दर तय गर्ने काममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई सहभागी गराएर देशकै लागि जघन्य अपराध गरेको आरोप लगाउनु भयो ।

सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई पनि जथाभावी बोल्दै हिँडने छुट दिएको भन्दै सरकारको आलोचना गर्नु भयो ।