Sun Jun 26 2022
मुख्य खबर

डुम्रे–बेँसीशहर सडक १२ घण्टापछि सञ्चालनमा

तनहुँ भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ ।

अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

यसैबीच, पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर–५ याम्पामा पहिरा खस्दा सडक अवरुद्व भएको राजमार्ग पुनः सञ्चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो ।

पहिरा पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिए । उक्त सडकखण्डमा समय समयमा पहिरा खसिरहेको छ ।