Sat Jun 25 2022
मुख्य खबर

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पर्साबाट पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका(१ का ३५ वर्षीय उमाशङ्कर गिरी रहेका छन् ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठिक नभएकी २६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको हो ।