जोडिनुहोस
  • होमपेज
  • हेली राष्ट्रपतिको दौडबाट बाहिर, ट्रम्प रिपब्लिकन उम्मेदवार हुने निश्चित

हेली राष्ट्रपतिको दौडबाट बाहिर, ट्रम्प रिपब्लिकन उम्मेदवार हुने निश्चित

वाशिंगटन । अमेरिकामा राष्ट्रपति पदका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवारका लागि चुनाव भैरहेको छ । ‘सुपर ट्युसडे’ अन्तर्गत १५ राज्यमा मतदान भएको थियो । जसमा बाइडेनले डेमोक्रेटिक पार्टीका सबै १५ राज्यमा जितेका छन् भने ट्रम्पले रिपब्लिकन पार्टीबाट १४ राज्यमा जित हासिल गरेका थिए ।

एक राज्यमा मात्र जित हासिल गरेपछि रिपब्लिकन उमेद्वार निक्की हेली राष्ट्रपतिको दौडबाट आफुलाई बाहिर राख्ने भएकी छन् ।

सीएनएनका अनुसार निक्कीले बुधबार राति राष्ट्रपतिको उम्मेदवारको दौडबाट फिर्ताको घोषणा गर्न लागेकी हुन् । दक्षिण कारोलिनाकी पुर्व गभर्नर हेलीले आफ्नै राज्यमा ट्रम्पसँग लज्जास्पद हार बेहोरेपछि नै उनी राष्ट्रपतिको दौडबाट बाहिरिने अनुमान गरिएको थियो ।

यसको अर्थ रिपब्लिकन बाट अब राष्ट्रिय निर्वाचनमा ट्रम्प उम्मेदवार बन्ने लगभग तय भएको छ । यस बर्ष हुने राष्ट्रपति निर्वाचन ट्रम्प र बाइडेनबीच हुने लगभग निश्चित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका