Sun Jun 26 2022
देश

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही मूल्यवृद्धिको कारण माग्दै एक्लै निगम पुगे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ । सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पुगेर पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएका हुन् ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडा दरलगायतका विषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए ।

आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रूपैयाँ पुर्‍याएपछि विरोध सुरू भएको छ ।