Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

रुस बन्यो चीनको लागि सबैभन्दा ठूलो तेल बिक्रेता

युक्रेनसँगको युद्धका कारण लगाइएको प्रतिबन्धबीच रुस चीनलाई सबैभन्दा धेरै तेल बेच्ने मुलुक बनेको छ । मे महिनामा चीनले रुसबाट खरिद गरेको तेल ५५ प्रतिशत पुगेको छ र उसले साउदी अरबलाई उछिनेको छ ।

कोरोना महामारीका कारण तेलको मागमा कमी र सुस्त अर्थतन्त्रका बावजुद चीनले रुसबाट तेल खरिद बढाएको छ । फेब्रुअरीमा चीन र रुसले आफ्नो मित्रताको कुनै सीमा नभएको बताए ।

चिनियाँ तेल कम्पनीहरूले हालैका महिनाहरूमा रूसबाट कच्चा तेल खरिद बढाएका छन् । यसमा दुई ठूला चिनियाँ कम्पनीहरू सिनोपाक र सेन्हुआ समावेश छन् । अमेरिकी प्रतिबन्धपछि रुसले तेलमा ठूलो छुट दिएको थियो ।

चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महिना रुसबाट चीनमा कूल ८४ लाख टन तेल आयात भएको थियो । योसँगै साउदी अरब ७८ लाख टन तेल आयातका साथ दोस्रो स्थानमा छ ।

मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए । योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो ।

अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताए । तेल निर्यात रूसको आयको मुख्य स्रोत हो, तर यसले पश्चिमी देशहरूलाई पनि असर गर्नेछ ।