Sat Jun 25 2022
देश

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।